चीनको ब्यालिस्टिक क्षेप्यास्त्रको परीक्षणले विश्वलाई चिन्ता

काठमाडौ।बुधबार पहिलो पटक प्रशान्त महासागरमा प्रक्षेपण गरिएको क्षेप्यास्त्रप्रति अन्य देशले विरोध सुरु गरेका छन् ।जापानले अग्रिम सूचना नदिइएको बताउँदै बेइजिङको सैन्य विस्तारबारे ‘गम्भीर चिन्ता’ व्यक्त गरेको छ ।

सेप्टेम्बर २५ तारिख ८ बजेर ४४ मिनेटमा चिनियाँ जनमुक्ति सेनाका रकेट सैनिकले प्रशान्त महासागरसम्बन्धित उच्च समुद्रमा अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रको सफलतापूर्वक प्रक्षेपण गरेको थियो । तर चिनियाँ रक्षा मन्त्रालयले प्रक्षेपण कार्य रकेट सैनिकको वार्षिक सैन्य प्रशिक्षणको नियमित कार्य भएको जनाएको छ । उक्त प्रक्षेपणबारे चिनियाँ पक्षले सम्बन्धित देशलाई अग्रिम जानकारी गराएको दावी गरेको छ ।

‘बुधबार चिनियाँ सेनाको रकेट फोर्सले सेप्टेम्बर २५ को बिहान ८ः४४ बजे प्रशान्त महासागरको उच्च समुद्रमा एउटा नक्कली वारहेड बोकेको आइसिबिएम प्रक्षेपण गर्यो र क्षेप्यास्त्र अपेक्षित समुद्री क्षेत्रमा खस्यो,’ रक्षा मन्त्रालयले भनेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१