• २०८३ असार १४
  • 2026 June 28, Sunday

आधुनिकीकरणमार्फत् शक्तिशाली चीन बनाउन सीको आब्हान

काठमाडौ । चिनियाँ राष्ट्रपति सी चिनफिङले आधुनिकीकरणमार्फत् शक्तिशाली देशको निर्माण गर्न आब्हान गरेका छन् ।

चीनको राष्ट्रिय पदक तथा राष्ट्रिय सम्मान वितरण समारोहलाई सम्बोधन गर्दै चिनियाँ शैलीको आधुनिकीकरणमार्फत् शक्तिशाली देशको निर्माण तथा जातीय पुनरूत्थानमा लाग्न सबैलाई आब्हान गरेका हुन् ।‘यतिबेला चिनियाँ शैलीको आधुनिकीकरणमार्फत् शक्तिशाली देशको निर्माण तथा जातीय पुनरूत्थानका लागि महत्त्वपूर्ण समय हो ।

यसका लागि जनताको बहादुरीलाई आफ्नो नमूना बनाउनुपर्छ । एकीकृतरूपमा मेहनत गरी विशाल शक्तिको विकासका लागि लाग्नुपर्छ,’ उनले भने ।उनले चिनियाँ जनता र विश्वका विभिन्न देशका जनतासित हातमा हात मिलाएर विश्व शान्ति, संयुक्त विकास, मानवजातिको भाग्य र उज्वल भविष्य निर्माणका लागि चीन इच्छुक रहेको औंल्याए ।