• २०८३ असार १४
  • 2026 June 28, Sunday

युक्रेनी क्लब शख्तर डोनेस्कमाथि एटलान्टा ३–० गोल अन्तरले विजयी

काठमाडौं । युइएफए च्याम्पियन्स लिगमा इटालियन क्ल्ब एटलान्टाले युक्रेनी क्लब शख्तर डोनेस्कलाई ३/० ले हराउँदै सन् २०१९ को नतिजा दोहोर्याएको छ ।

पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै खेल जित्ने आधार तयार गरेको थियो । डिम्सिटी, लुकम्यान र बेलानोवाकाले एक एक गोल गर्दा एटलान्टाले तीन अंक हासिल गर्दै आफ्नो अपराजित यात्रा जारी राखेको छ ।२१ औं मिनेटमा ब्रेट डिम्सिटीले एडेमोला लुकम्यानको पासमा गोल गर्दै एटलान्टालाई अग्रता दिलाएका थिए ।४४ औंमा मिनेटमा लुकम्यानले अग्रता दोब्बर बनाए ।

पहिलो हाफमा २ गोल गरेको एटलान्टाले दोस्रो हाफमा अरु १ गोल थपेको थियो । ४८ औं मिनेटमा बेलानोवाकोले गोल गरेपछि सख्तर खेलमा फर्कन सकेन । खेलमा शख्तर को प्रदर्शन निकै कमजोर रह्यो । निर्धारित र अतिरक्त गरेर ९४ मिनेटसम्म कुनै पनि बेला एटलान्टामाथि दबाब बनाउन सकेन ।एटलान्टाको अर्को खेल अक्टोबर २३ मा स्कटल्याण्डको सेल्टिकसँग हुनेछ, जबकि शख्तरले आफ्नो आगामी खेलमा आर्सनलसँग खेल्न उत्तर लण्डनको यात्रा गर्नुपर्नेछ ।