• २०८३ जेठ २४
  • 2026 June 07, Sunday

भारत सरकारको ३ करोड अनुदान सहयोगमा निर्मित क्याम्पस भवनको उद्‍घाटन

काठमाडौं । भारत सरकारको सहयोगमा निर्माणाधीन क्याम्पस भवनको उद्‍घाटन गरिएएको छ। तनहुँको आँबुखैरेनीक्याम्पसको क्याम्पस भवनको बिहीबार भारतीय दूतावासका प्रथम सचिव अविनाशकुमार सिंह, जिल्ला समन्वय समितिका प्रमुख शान्तीरमण वाग्ले र आँबखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले संयुक्तरूपमा उद्‍घाटन गरेका हुन्।

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको थियो। जिल्ला समन्वय समिति, तनहुँमार्फत यो परियोजनाको कार्यान्वयन गरिएको हो। कार्यक्रम सहभागी अतिथिहरूले नेपाली जनताको उत्थानका लागि भारत सरकारले पुर्‍याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरेका थिए।

कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, क्याम्पस व्यवस्थापनका प्रतिनिधि, प्राध्यापक/प्राध्यापिका, शिक्षक/शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको पनि उपस्थिति थियो।

आँबुखैरेनी क्याम्पस सन् २००५ मा स्थापना भएको हो। यो त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सामुदायिक क्याम्पस हो। क्याम्पसले स्नातक तहमा ब्याचलर अफ बिजनेस स्टडीज (बिबिएस) र ब्याचलर अफ एजुकेशन (बिएड) विषयहरु अध्यापन गराउँदै आएको छ। क्याम्पसमा करिब ३०० जना विद्यार्थीहरु अध्ययनरत छन् जसमध्ये ९० प्रतिशत छात्राहरू छन्।