• २०८३ असार ११
  • 2026 June 25, Thursday

भन्सार जाँचपासको विषयमा सरकारले प्रष्ट पार्नुपर्छ : वर्षमान पुन

काठमाडौं । बुधबार बसेको अर्थ समितिको बैठकले भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा छलफल गरेको छ ।

आज बसेको उक्त अर्थ समितिको बैठकमा पूर्वअर्थमन्त्री वर्षमान पुनले भन्सार जाँचपास प्रतिनिधिको विषयमा सरकारले प्रष्ट पार्नुपर्ने बताएका छन् । उनले भन्सार जाँचपास प्रतिनिधिको अप्ठ्यारा चुनौती र विधेयक नपुगेको ठाउँमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।उनले भने, ‘भन्सार जाँचपास प्रतिनिधिका विषयमा सरकारले छलफल गरेर प्रष्ट पार्नुपर्ने छ । भन्सार जाँचपास प्रतिनिधिको अप्ठ्यारा चुनौति र विधेयक नपुगेको ठाउँमा हामी ध्यानाकर्षण गराउन चाहन्छौँ । नयाँ साथीहरुले काम नपाउने, व्यवहारिक समस्या धेरै नै छन् ।’यसैगरी उनले छलफल भइरहेको विधेयक सरकारले अध्यादेश मार्फत ल्याएको भन्दै ध्यानाकर्षण गराए ।

पुनले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व विधेयकको रूपमा समितिमा छलफल भइरहेको बेला सरकारले अध्यादेश ल्याएको बताए ।उनले भने, ‘छलफल भइरहेको विधेयक फिर्ता लिएर अध्यादेश ल्याउन मिल्ने थियो। तर, फिर्ता नगरी सरकारले छलफल भइरहेको विधेयक अध्यादेश आयो । सरकारले प्रक्रिया पूरा गरेर अध्यादेश पाउँछ । सरकारले प्रक्रिया मिचेर काम गर्न मिल्दैन ।’यसैगरी उक्त समितिमा रास्वपाका सांसद स्वर्णिम वाग्ललेले भन्सारमा धेरै विकृति र वेतिथी रहेको बताए । उनले अरु देशको उत्पादनसँग मात्र जोडिएर नहुने बताए।उनले भने, ‘भन्सारमा यत्रो विकृति र वेतिथी छ । यसले गर्दा अर्थतन्त्र चलायमान हुन सकेको छैन । उत्पादनका वस्तुहरु आइरहेका छन् । तर अरु देशको उत्पादनसँग मात्र जोडिएर हुने अवस्था छैन । नेपालमा प्रतिस्पर्धी कुराहरु धेरै नै साँघुरा छन् ।’