• २०८३ साउन १
  • 2026 July 17, Friday

न्यायाधीश अधिकारीलाई तत्काल बर्खास्त गर्नुपर्छः वरिष्ठ अधिवक्ता त्रिपाठी

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद अधिकारीलाई बर्खास्त गर्न आग्रह गरेका छन्।

रवि लामिछानेको विरुद्वमा बहस गरेकै कारण आफुमाथि आक्रमण हुँदा समेत रवि लामिछानेलाई धरौटीमा छाडेको भन्दै उनले न्यायाधीश अधिकारीलाई बर्खास्त गरिनुपर्ने बताएका हुन् ।

न्यायाधीश अधिकारीले संगठित अपराध र धरौटीको विधिशास्त्रसमेत नबुझी धरौटीमा छाडेको बताएका छन् । यसले न्यायमाथिको खतरा चिह्न लाएको त्रिपाठीको जिकिर छ ।

स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दा न्यायाधीश अधिकारीको इजलासमा थुनछेक बहस भएको थियो । पीडितहरुको तर्फबाट बहस गरेर फर्किएका अधिवक्ता त्रिपाठीमाथि अदालत परिसरमै आक्रमण भएको थियो । आफूमाथि आक्रमण गर्न लगाउने रास्वपा र त्यसका सभापतिलाई धरौटीमा रिहा गरिनु खतरा हुने वरिष्ठ अधिक्ता त्रिपाठीको भनाइ छ ।