टाइगर कप भलिबल माघ १२ गतेदेखि पोखरा रंगशालामा हुने

काठमाडौं । टाइगर गुप्र अफ पोखरा नेपालले एनसेल पाँचौं टाइगर कप भलिबल प्रतियोगिताको आयोजना गरेको छ ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै टाइगर ग्रुपले यहीँ माघ १२ गतेदेखि १९ गतेसम्म पाँचौं टाइगर कप भलिबल प्रतियोगिता पोखरा रंगशालामा हुने जनाएको हो ।पाँचौं टाइगर कप भलिबल प्रतियोगिता गर्नुको मुख्य उदेश्य स्वास्थ्य, शिक्षा तथा खेलकुद मुल उदेश्य रहेको टाइगर ग्रुपले जनाएको छ ।उक्त प्रतियोगितामा महिला ६ टिम र पुरुष ६ टिम गरी १२ टिमको सहभागिता रहेको छ ।

जसमा महिलातर्फ नेपाल एपिएफ क्लब, काठमाडौ, टिपटप न्यू डाइमण्ड युथ स्पोर्टस् क्लब, काठमाडौं, त्रिभुवन आर्मी क्लब, काठमाडौं, नेपाल पुलिस क्लब, काठमाडौं,टाइगर ग्रुप अफ पोखरा नेपाल र ट्राभल इन्क्वारी यूनाइटेड प्यासन भलिबल क्लब, सिसाकेट, थाइल्याण्ड रहेका छन् ।यसैगरी पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब, काठमाडौं, गण्डकी प्रदेश भलिबल संघ, पोखर, त्रिभुवन आर्मी क्लब, काठमाडौं, नेपाल पुलिस क्लब, काठमाडौ, नेपाल एपिएफ क्लब, काठमाडौं र सुनिल भलिबल क्लब अमीन, कुरुक्षेत्र, भारतको सहभागिता रहेको छ ।उक्त प्रतियोगितामा प्रथम हुने महिला र पुरुष टोलीले नगद ५ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।दोस्रो हुनेले २ लाख ८५ हजार ५ सय ५५ र तृतीय हुने टोलीले नगद १ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने टाइगर गुप्र अफ पोखरा नेपालले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१