• २०८३ जेठ २२
  • 2026 June 05, Friday

सभापति कप फुटबल माघ १० गतेदेखि, विजेतालाई २६ लाख नगद पुरस्कार

काठमाडौं । सभापति कप फुटबल प्रतियोगिता २०८१ माघ १० गतेदेखि हुने भएको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा हुन लागेको उक्त प्रतियोगिता माघ १७ गतेसम्म हुनेछ ।

आइतबार नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिले पत्रकार सम्मेलन गर्दै सभापति कप फुटबल प्रतियोगिता २०८१ माघ १० देखि १७ गतेसम्म काठमाडौं दशरथ रंगशालामा हुने जानकारी गराएको हो ।सभापति कप फुटबल प्रतियोगिता २०८१ को उद्घाटन उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले गर्ने तथा समापन कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नेछन् ।

सभापति कप फुटबल प्रतियोगिता २०८१ मा ८ टिमको सहभागिता रहनेछ । जसमा नेपाल पुलिस क्लब, शसस्त्र प्रहरी क्लब, चर्चव्वाईज फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, संकटा फुटबल क्लव, एनआरटी क्लब, फ्रेण्डस फुटबल क्लब र बाग्मती फुटबल क्लब (आयोजक) को सहभागिता रहने छ ।सभापति कप फुटबल प्रतियोगितामा प्रथम हुने टिमले नगद २६ लाख, दोस्रो पुरस्कार नगद १३ लाख र म्यान अफ द म्याच नगद १५ हजार प्राप्त गर्नेछन् ।