• २०८३ साउन १
  • 2026 July 17, Friday

महाङ्काल गाउँपालिकामा कृषिको राम्रो सम्भावना छ :मन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छ विकास मन्त्री रामनाथ अधिकारीले महाङ्काल गाउँपालिकामा कृषिको राम्रो सम्भावना रहेकोे बताएका छन् ।

बुधबार महाङ्काल गाउँपालिका वडा नं ५ टुङ्गन खोलामाथि बनेको पुल उद्घाटन गर्दै उनले महाङ्काल गाउँपालिकामा कृषिको सभवनालाई मध्यनजर राखेर मन्त्रालयले काम गर्ने बताएका हुन् ।उनले भने, ‘यो ठाँउमा कृषिको पनि राम्रो सम्भावना रहेको हुनाले मन्त्रालय र यहाँको जनतालाई कसरी जोड्ने भन्ने कुराको पनि चिन्ता छ । त्यसैले म सबैलाई के निवेदन गर्न चहान्छु भने अहिले कृषिकै सन्दर्भमा पनि यहाँको सबै विषयगतलाई टिपेर अहिले १६ औं पालिकाको सभा हुदैँछ त्यहाँ आफ्नो कुराहरु राख्ने प्रतिबद्धता व्यक्त गर्न चहान्छु ।’

यसको साथै, उनले असोज १२, १३ गते गएको बाढिले गर्दा धेरै नोक्सानी भएको भन्दै वैकल्पिक सडक मार्गको कल्पना अनुसार मन्त्रालयले काम गर्ने बताए ।उनले भने, ‘असोज १२, १३ गते गएको बाढिले गर्दा धेरै नोक्सानी भएको छ । आगामी वर्ष पनि यही तरिकाले पानी आयो भने अवस्था के होला, कसरी बाच्ने, कहाँ गएर बस्ने भन्ने डर हुन सक्छ यसकारण यो ठाँउमा विकास हामीले गर्नुपर्छ । वैकल्पिक सडक मार्गको जुन कल्पना गर्नु भएको छ त्यसको लागि मेरो ठाँउबाट गर्न सक्ने सहयोग गर्ने कुरा पनि राख्न चाहान्छु ।’मन्त्री अधिकारीले महाङ्कालमा देखिएका दृश्यहरु दुखद् रहेको भन्दै यसको व्यवस्थापन गर्ने तर्फ सबैको ध्यान जानुपर्ने बताए ।