• २०८३ असार १५
  • 2026 June 29, Monday

निजामती कर्मचारी संगठनमा दुवै प्रतिवेदन पारित

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले १२ औं महाधिवेशनमा अध्यक्ष लेखनाथ कोइरालाद्वारा प्रस्तुत ‘सांगठनिक प्रतिवेदन’ र कोषाध्यक्ष गणेश प्रसाद आचार्यद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन’ सुझावसहित पारित गरिएको छ ।

‘संघीयतामा सुशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान राजनीतिक अधिकार सहितको ट्रेड यूनियन, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ १२ औं महाधिवेशन सम्पन्न गरेको हो ।मंगलवार पत्रकार सम्मेलन गर्दै नेपाल निजामती कर्मचारी संगठनले राष्ट्रसेवक कर्मचारीहरुको पेशागत हकहितको आवाज उठाएको संगठनका महासचिव रामचन्द्र अधिकारीले बताए । उनले भने,‘ नेपाल निजामती कर्मचारी संगठनले सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुको पेशागत हकहित एव अधिकारको अतिरिक्त प्रभावकारी जनसेवा प्रवाह, व्यवस्थित र मर्यादित ट्रेड युनियनको पक्षमा विगत ३४ वर्षदेखि निरन्तर आवाज उठाउँदै आइरहेको छ ।

’बाह्रौ महाधिवेशनबाट भवानी न्यौपाने दाहालको अध्यक्षतामा १७१ सदस्यीय केन्द्रीय कार्य समिति, ५ सदस्यीय लेखापरीक्षण आयोग, ५ सदस्यीय अनुशासन आयोग, ५ सदस्यीय नीति अनुसन्धान आयोग, ११ सदस्यीय विज्ञान तथा प्रविधि आयोग र ७१ जना केन्द्रीय परिषद् सदस्य सर्वसम्मत रुपमा निर्वाचित भएको संगठनका महासचिव अधिकारीले जानकारी दिएका छन् ।यस्तै, संगठनका नव अध्यक्ष भवानी न्यौपाने दाहालले बहालवाला, सेवा निवृत कर्मचारी र अस्थायी कर्मचारीको ज्यालादारीको विषयमा काम गनुपर्ने बताइन् ।उनले भनिन्, ‘बहालवाला र सेवा निवृत कर्मचारीको विषयमा पनि काम गर्नुपर्ने हामीले उहाँहरुको आवाज बोक्नुपर्ने यति मात्र हैन करार अस्थाइ ज्यालादारीको विषयमा पनि हामीले उहाँहरुलाई समेटेर लानुपर्ने दायित्व रहेको छ ।’उनले राम्रा कामलाई निरन्तरता दिदै निश्कर्षमा पुर्याउने पनि बताइन्।