• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

तीनकुनेको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा कमल विष्ट पक्राउ परे

काठमाडौँ। तीनकुनेमा चैत १५ मा पूर्वराजा समर्थकहरूको प्रदर्शनमा सहभागी कमल विष्टलाई प्रहरीले पक्राउ गरेको छ।

ललितपुरको ठेचो घर भएका विष्ट राप्रपा नेपालका विद्रोही नेता केशरबहादुर विष्टका निकट सहयोगी रहेका छन्। उनलाई ढोलाहिटीबाट पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका एक अधिकारीले रातोपाटीलाई जानकारी दिए।

विष्टले सामाजिक सञ्जालमा नेपालमा श्रीलङ्का र बङ्गलादेशको शैलीमा आन्दोलन गर्ने अभिव्यक्ति दिएका थिए। उनले आईजीपी दीपक थापाबारे पनि सामाजिक सञ्जालमा आपत्तिजनक गालीगलौज गरेको आरोप छ। विष्टको विषयमा प्रहरी अनुसन्धान गर्दैछ।