• २०८३ साउन ७
  • 2026 July 23, Thursday

ताराखोला वडाध्यक्ष बागलुङमा मृत अवस्थामा फेला परे

काठमाडौँ । बागलुङको ताराखोला गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष कर्णबहादुर भण्डारी मृत अवस्थामा फेला परेका छन्।

लगभग ५० वर्षका भण्डारी बुधबार मृत भेटिएका हुन्, जसको जानकारी ताराखोला गाउँपालिका अध्यक्ष धनबहादुर विकले दिएका छन्।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक विजय यादवका अनुसार, भण्डारी आफ्नै घरमा मृत अवस्थामा भेटिएका हुन्।

घटनापछि चार जना प्रहरी घटनास्थलमा पुगेका छन् र थप अनुसन्धान भइरहेको छ।