• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

१६ बैंकले ब्याजदर यथावत् राख्दा, तीनले घटाए र एउटाले बढायो

  • २०८२ वैशाख १, सोमबार १३:३४

काठमाडौँ । वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि सार्वजनिक गरेको ब्याजदर सोमबारदेखि लागू भएको छ। अधिकांश बैंकहरूले मुद्दती निक्षेपमा दिइने ब्याजदर यथावत् राखेका छन्, भने थोरै बैंकले मात्र यसमा हेरफेर गरेका छन्।

२० वाणिज्य बैंकहरूमध्ये १६ बैंकले चैत महिनाको ब्याजदर कायम राखेका छन्।कुमारी बैंक, सानिमा बैंक र नेपाल बैंकले ब्याजदर घटाएका छन्, जबकि एभरेस्ट बैंकले मात्र ब्याजदर वृद्धि गरेको छ।

नेपाल बैंक जस्तो सरकारी स्वामित्वको बैंकले पनि ब्याजदर घटाउने सूचीमा परेको छ। वैशाख महिनामा वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा दिने ब्याजदरको औसत ५.९७ प्रतिशत नै कायम छ, जुन चैत महिनाको औसतसँग मिल्दो छ।

यस्ता छन् केही प्रमुख परिमार्जनहरूः

  • कुमारी बैंक: चैतमा ६.०१% रहेको ब्याजदर घटाएर ५.९२% कायम

  • सानिमा बैंक: ६.०५% बाट घटाएर ५.९५%

  • नेपाल बैंक: ५.५०% बाट घटाएर ५.१५%

  • एभरेस्ट बैंक: ६.००% बाट बढाएर ६.६१%

ब्याजदर घट्नुको कारण

बैंकिङ प्रणालीमा हाल तरलता प्रशस्त छ, तर कर्जाको माग कम रहेकोले बैंकहरूले लगानीयोग्य रकम राष्ट्र बैंकमा जम्मा गर्न थालेका छन्। हालसम्म वाणिज्य बैंकहरूले राष्ट्र बैंकमा१ खर्ब २८ अर्ब रुपैयाँ ३ प्रतिशत ब्याजदरमा राखिसकेका छन्।

कर्जाको कम मागले बैंकहरूको लागत घटाउन दबाब पारेको छ, जसले गर्दा साधारण बचतको तुलनामा अल्पकालीन मुद्दती निक्षेपको ब्याजदर झनै घटाइएको छ।

साधारण बचतभन्दा कम ब्याज दिने बैंकहरू

  • एनआईसी एशिया

  • एनएमबी

  • एभरेस्ट

  • लक्ष्मी सनराइज

  • कुमारी

  • माछापुच्छ्रे

  • स्टान्डर्ड चार्टर्ड

  • कृषि विकास

  • सानिमा

  • हिमालयन

  • नेपाल बैंक

बैंकहरूमा कर्जाको माग सुस्त हुँदा निक्षेपको लागत घटाउने रणनीतिस्वरूप ब्याजदर समायोजन गरिएको हो।Capture

  • २०८२ वैशाख १, सोमबार १३:३४