
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ। लगातार बढिरहेको सुनको भाउ बिहीबार तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको छ।
अघिल्लो दिनको तुलनामा एकैपटक ३६०० रुपैयाँको वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य १ लाख ८७ हजार रुपैयाँ थियो ।
सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। अघिल्लो दिन तोलामा १९५५ रुपैयाँ रहेको चाँदी बिहीबार ५ रुपैयाँले बढ्दै १९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।