राष्ट्रिय परीक्षा बोर्डले भन्यो : १२ को परीक्षा सरेको छैन, हल्लाको पछि नलाग्नू

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित नभएको स्पष्ट पारेको छ। शिक्षकहरूको आन्दोलनका कारण परीक्षा सरेको भन्ने भ्रामक सूचना सामाजिक सञ्जालमा फैलिएका कारण बोर्डले यस विषयमा स्पष्टीकरण दिएको हो।

विज्ञप्तिमा भनिएको छ, “२०८२ साल वैशाख ११ गतेदेखि सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षा स्थगित गरिएको भ्रामक सूचना सामाजिक सञ्जालमा प्रसारित भएको सम्बन्धमा बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ।”परीक्षासम्बन्धी भ्रामक सूचना फैलाउनेलाई कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने बोर्डले जानकारी दिएको छ।

“परीक्षा जस्तो महत्त्वपूर्ण विषयमा बोर्डको लेटरप्याडमा अध्यक्षको हस्ताक्षर राखेर अनधिकृत र भ्रामक सूचना फैलाउने व्यक्तिविरुद्ध साइबर कानूनी कार्यवाही सुरु गरिनेछ,” विज्ञप्तिमा भनिएको छ।बोर्डले परीक्षा वातावरण तयार गर्न प्रधानाध्यापकहरूलाई सहकार्य गर्न अनुरोध पनि गरेको छ। “परीक्षा सञ्चालनका लागि अभिभावक, शिक्षक र प्रधानाध्यापकहरूसँग समन्वय गरेर सहयोगको अपेक्षासमेत बोर्डले गरेको छ,” विज्ञप्तिमा थप भनिएको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१