• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

शिक्षकहरूको आन्दोलन आज पनि जारी

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक तथा शिक्षाप्रशासकहरूले आज पनि काठमाडौंमा प्रदर्शन जारी राखेका छन्। उनीहरू माइतीघरबाट नयाँबानेश्वरतर्फ याली गर्दै अघि बढिरहेका छन्।

अघिल्ला दिनहरूमा दिउँसो १२ बजेदेखि ३ बजेसम्म प्रदर्शन गर्दै आएका शिक्षकहरू आज राप्रपाको प्रदर्शनलाई ध्यानमा राखी बिहानै सडकमा उत्रिएका हुन्। उनीहरूले बिहान ९ बजेदेखि १२ बजेसम्म प्रदर्शन गर्ने बताएका छन्। तर, राप्रपाले ११ बजेबाटै बिजुली बजारमा भेला हुने कार्यक्रम राखेकाले शिक्षकहरूले आजको प्रदर्शन छोट्याउने तयारी गरेका छन्।

शिक्षकहरूले गत चैत २० गतेदेखि माइतीघर–नयाँबानेश्वर क्षेत्र केन्द्रित विरोध प्रदर्शन गर्दै आएका छन्। सरकारले वार्ता थाले पनि विद्यालय शिक्षा ऐनबारे सहमति नजुटेपछि शिक्षकहरूले चैत २५ गतेदेखि शैक्षिक हड्ताल घोषणा गर्दै सबै शैक्षिक गतिविधि ठप्प पारेका हुन्।प्रदर्शनका कारण माइतीघर–बानेश्वर सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ।