काठमाडौँ महानगरपालिकाले ‘एनजी’ प्राप्त विद्यार्थीका लागि पुनः परीक्षा सञ्चालन गर्ने निर्णय

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ८ को आधारभूत शिक्षा (जेडी) ग्रेडवृद्धि परीक्षा २०८२ मा ‘एनजी’ प्राप्त गरेका विद्यार्थीका लागि पुनः परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ।

महानगरले एक सूचना जारी गर्दै परीक्षा आगामी वैशाख ८ गतेदेखि सञ्चालन हुने जानकारी दिएको छ। साथै, सम्बन्धित विद्यालयहरूलाई परीक्षा तयारी र सञ्चालनमा आवश्यक सहयोग गर्न निर्देशनसमेत दिएको छ।

परीक्षा केन्द्र सोही विद्यालयमा रहनेछ भने प्रश्नपत्र व्यवस्थापन, उत्तरपुस्तिका संकलनजस्ता कार्य विद्यालयका प्राचार्यमार्फत हुने व्यवस्था गरिएको छ।पुनः परीक्षाको उत्तरपुस्तिका र प्रमाणपत्र वैशाख १६ गतेभित्र काठमाडौं महानगरपालिका शिक्षा विभागमा बुझाउनुपर्ने महानगरले जनाएको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१