• २०८३ साउन ५
  • 2026 July 21, Tuesday
सुनचाँदी

सुनको मूल्य तोलाको एक लाख ९१ हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ लाख ९१ हजार रुपैयाँ पुगेको छ, जुन अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो।यसअघि बिहीबार सुनको मूल्य तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ थियो। त्यसयता सानो घटबढ भए पनि सोमबारसम्म आइपुग्दा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो।

आइतबारको तुलनामा पनि सोमबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। आइतबार सुन तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने सोमबार त्यो मूल्य १,२०० रुपैयाँले वृद्धि भएर १ लाख ९१ हजारमा पुगेको हो। सुनको मूल्य भने स्थिर रहेको महासंघले जनाएको छ। आइतबार तोलामा १ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार पनि यथावत् रहेको छ।