• २०८३ असार १३
  • 2026 June 27, Saturday

मोबाइल लुटेको आरोपमा ३ जना पक्राउ

काठमाडौं । मोबाइल लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ परेकामध्ये सिन्धुलीको सुनकोशी गाउँपालिका घर भएका १८ वर्षीय शिखरजङ्ग थापा, धनुषाको सिर्सिया गाउँपालिका घर भएका १८ वर्षीय राज विष्ट यादव र रौतहटको गरुडा नगरपालिका घर भएका सुरेश ठाकुर हजाम रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले वैशाख ५ गते काठमाडौंको बसुन्धरामा ट्याक्सी रोकेर “ठमेलमा सामान लिन जानुपर्नेछ” भन्दै एकपटक फोन गर्न आग्रह गरेर मोबाइल लिएर फरार भएका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार प्रेम तामाङले चलाएको बा.२ ज ३४५८ नम्बरको ट्याक्सीमा शिखरजङ्ग थापा र उनका एक साथीसहित मोटरसाइकल चढेर मोबाइल लुटिएको पुष्टि भएको छ।प्रहरीले घटनामा प्रयोग गरिएको मोटरसाइकल सहित तीन थान चोरी भएका मोबाइल पनि बरामद गरेको जनाएको छ।