अञ्जान शाक्य के शिक्षामन्त्री बन्दै छिन् ?

काठमाडौं । राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले शिक्षा मन्त्री बन्ने हल्ला साँचो नभएको बताएकी छन् । उनले शिक्षामन्त्रालयप्रति रुचि वा विज्ञता नरहेको स्पष्ट पारेकी हुन् ।

शिक्षा मन्त्री विद्या भट्टराईले सोमबार राजीनामा दिएसँगै नयाँ मन्त्रीको चर्चा चलिरहेको छ । त्यसलगत्तै नेकपा एमालेकी नेता समेत रहेकी शाक्यको नामलाई लिएर शिक्षामन्त्री बन्ने चर्चा चलेको थियो । शाक्यले ती खबरहरू भ्रामक र कपोलकल्पित भएको सामाजिक सञ्जालमार्फत स्पष्टोक्ति दिएकी हुन् ।

‘म स्वयंलाई समेत जानकारी नभएको, रुचि नभएको र मेरो विज्ञता पनि नभएको मन्त्रालयसँग जोडेर अञ्जान शाक्य शिक्षामन्त्री बन्दै भन्ने खालका भ्रामक र कपोलकल्पित समाचार प्रकाशन भएको जानकारी प्राप्त भयो,’ फेसबुकमार्फत उनले लेखेकी छन्, ‘यस्ता प्रचारले मेरा शुभचिन्तक र आफन्तहरूमा भ्रम सिर्जना हुन सक्ने भएकोले केही स्पष्ट पार्न आवश्यक ठानेकी हुँ ।’ उनले लेखेकी छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१