काठमाडौँ। नेपाली बजारमा बुधबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँले घटेको हो।
मंगलबार तोलाको मूल्य १ लाख ९७ हजार ९०० रुपैयाँ रहेकोमा बुधबार घटेर १ लाख ९० हजार ४०० रुपैयाँमा झरेको छ।त्यसअनुसार बुधबार १० ग्राम सुनको मूल्य १ लाख ६३ हजार २३५ रुपैयाँ तोकिएको छ।
सुनसँगै चाँदीको मूल्य पनि केही घटेको छ। मंगलबार तोलाको मूल्य १ हजार ९७० रुपैयाँ रहेको चाँदी बुधबार ५ रुपैयाँ घटेर १ हजार ९६५ रुपैयाँमा कारोबार भएको छ।