• २०८३ साउन ७
  • 2026 July 23, Thursday

पहलगाम आक्रमणमा नेपालीको ज्यान जाने घटनामा संलग्न तीन आतंकवादीको पहिचान, लस्कर-ए-तोयबाका सदस्य भएको पुष्टि

काठमाडौं। भारतीय सुरक्षाकर्मीहरूले जम्मु कश्मीरको पहलगाममा मंगलबार भएको आतंकवादी हमलामा संलग्न रहेको आशंकामा तीन जना आतंकवादीको स्केच सार्वजनिक गरेका छन्। टाइम्स अफ इन्डियाका अनुसार, उनीहरूको कोड नाम मुसा, युनुस र आसिफ रहेको छ।

हालसम्म उक्त हमलामा २८ जनाको मृत्यु भइसकेको छ, जसमा अधिकांश पर्यटक रहेका छन्। मारिएका मध्ये एक नेपाली नागरिक सुदीप न्यौपाने पनि परेका छन्। भारतीय सुरक्षा एजेन्सीका अनुसार, पहिचान भएका तीन आतंकी आसिफ शैख, सुलेमान शाह र अबु तलाह पाकिस्तानी आतंकवादी समूह लस्कर-ए-तोयबासँग आबद्ध रहेको पुष्टि भएको छ।

बाँकी दुई जना हमलावारको पहिचान प्रक्रिया जारी रहेको बताइएको छ।रिपोर्टअनुसार, ती आतंकवादीहरूले एके-४७ राइफल बोकेर पर्यटकहरूलाई नाम सोधी-सोधी हिन्दू पहिचानका आधारमा निशाना बनाउँदै गोली चलाएका थिए।घटनापछि सुरक्षा व्यवस्था कडा बनाइएको छ, र भारतभरि विशेष सतर्कता अपनाइएको छ।