
काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षाको संशोधित समयतालिका सार्वजनिक भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले ११ गतेदेखि तय गरिएको परीक्षाको संशोधित समयतालिका सार्वजनिक गरेको हो ।
बोर्डका अनुसार अब परीक्षा यही वैशाख २१ गतेदेखि हुनेछ । परीक्षा जेठ २ गतेसम्म सञ्चालन हुनेछ ।
बोर्डले कक्षा १२ को साधारण र परम्परागत धारतर्फका नियमित तथा आंशिक एवं प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षाको समयतालिका बुधबार सार्वजनिक गरेको हो ।