• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

बिहीबार सुनचाँदीको भाउ बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा २०० रुपैयाँले बढेको छ।बुधबार तोलाको १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले बढेको छ। बुधबार १ हजार ९६५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार तोलामा २ हजार १० रुपैयाँमा पुगेको छ।