• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

प्रधानमन्त्री केपी ओली भन्छन – आलोचना होस्, तर समाजमा फाटो ल्याउने होइन

  • २०८२ वैशाख १२, शुक्रबार १३:४४

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा प्रतिस्पर्धा र आलोचना स्वाभाविक भए पनि त्यसले समाजमा फाटो ल्याउनु नहुने स्पष्ट पारेका छन्। भूकम्प स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले आलोचना सत्य, तथ्य र रचनात्मकतामा आधारित हुनुपर्नेमा जोड दिए।

“आलोचना स्वागत योग्य हुन्छ,” प्रधानमन्त्री ओलीले भने, “तर त्यो झुट, भ्रम र विनाश निम्त्याउने खालको होइन। नेपाली समाजलाई भाँड्ने, विभाजित गर्ने खालको आलोचना होइन, राष्ट्रिय एकतामा आबद्ध गर्ने खालको होस् भन्नेमा हामी सजग रहनुपर्छ।”उनले २०७२ सालमा आएको विनाशकारी भूकम्पको स्मरण गर्दै त्यसबेला संविधान निर्माणको प्रक्रिया अन्तिम चरणमा रहेको उल्लेख गरे।

“हामी संविधान निर्माणको अन्तिम चरणमा थियौं। त्यसबेला संविधान दिन असफल भएको अघिल्लो संविधानसभाको तितो अनुभव हामीसँग थियो,” उनले भने, “त्यो दोहोरिन नदिने संकल्पका साथ अघि बढिरहेका बेला भूकम्प आयो।”प्रधानमन्त्री ओलीका अनुसार, संविधान निर्माणका क्रममा स्वार्थ समूहहरू सक्रिय हुनु र तीबीच टकराव हुनु स्वाभाविक थियो। तर ती सबै चुनौती पार गर्दै मुलुकले नयाँ संविधान दिन सफल भएको उनले स्मरण गरे।

  • २०८२ वैशाख १२, शुक्रबार १३:४४