नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाह र उनका संवाद सचिव डा.फणीन्द्रराज पाठकविरुद्ध संविधान विपरीत गतिविधिको आरोप लगाउँदै कारबाहीको माग गरेको छ।
आइतबारको प्रतिनिधी सभा वैठकको आकस्मिक समयमा एमाले सांसद ठाकुर गैह्रेले संविधानमा ‘श्री ५ महाराजाधिराज’ भन्ने शब्द नरहेको स्मरण गराउँदै सो शब्द प्रयोग गरी जारी गरिएको समवेदना सन्देश असंवैधानिक भएको बताएका छन् ।
गैह्रेले संविधान र कानुनी राज्यको उपहास गर्ने कार्य अस्वीकार्य भएको उल्लेख गर्दै डा. पाठक र पूर्वराजा शाहमाथि तत्काल कानुनी कारबाही गर्न आग्रह गरे। उनले संसद्मै प्रश्न गरे, ‘कानुनी राज्यको अपमान गर्न पाइन्छ कि पाइँदैन?’
एमालेले स्पष्ट रूपमा संविधानको मर्यादा रक्षा गर्न सरकार र सम्बन्धित निकायलाई दबाव दिएको छ।