• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

शिक्षक आन्दोलनमा झडप : निषेधित क्षेत्र तोड्ने प्रयासमा प्रहरीसँग भिडन्त

काठमाडौँमा जारी शिक्षक आन्दोलन आइतबार तनावपूर्ण बन्न पुगेको छ ।
लामो समयदेखि शान्तिपूर्णरूपमा आन्दोलन गर्दै आएका शिक्षकहरूले आइतबार निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गर्दै रोकेपछि स्थिति बिग्रिन पुगेको छ ।

शिक्षकहरूले निषेधित क्षेत्र पार गर्ने प्रयाससँगै शिक्षक र प्रहरीबीच झडपको स्थिती सिर्जना भएको हो ।

प्रहरीले आन्दोलनकारीलाई तितरबितर पार्न बल प्रयोग गर्दा शिक्षकहरूले समेत ढुंगामुढा सुरु गरेका छन् ।स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा प्रयोग गर्नु परेको थियो।

शिक्षकहरूले आफ्ना माग सम्बोधन नभएको गुनासो गर्दै आन्दोलन चर्काइरहेका बेला निषेधाज्ञा टोड्ने प्रयास गरेपछी प्रशासनले निषेधाज्ञा उल्लंघन नगर्न आग्रह गरेपनि शिक्षकहरू नरोकिएपछी झडपको स्थिती सिर्जना भएको हो ।

तर आइतबारको झडपले आन्दोलन थप चर्किने सङ्केत देखिएको छ।