प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नाममा वामपन्थी तर काममा दक्षिणपन्थी ‘नावाकाद’हरू अहिले पनि सक्रिय रहेको आरोप लगाएका छन्।
आइतबार मदन भण्डारी फाउन्डेसनको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ओलीले सरकार ढल्यो ढल्यो भन्नेहरूलाई शेरबहादुर देउवाले बैंककबाट फर्किएर चिसो पानी खन्याइदिँदा उनिहरु छक्क परेको टिप्पणी गरेका छन् ।
ओलीले ‘नावाकाद’को व्याख्या गर्दै भने, “पहिले विष्णुबहादुर मानन्धरको समूहले केशरजंग रायमाझीहरूलाई नावाकाद भनेको स्मरण छ, अहिले पनि त्यस्ता नावाकादहरू सक्रिय छन्।”
उनले सरकार विरोधीहरूले दुई उद्देश्य लिएको बताए — एउटा कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने षड्यन्त्र, अर्को सरकार ढलाउने हल्ला फैलाउने।
“आज ढल्यो, भोलि ढल्यो भन्दै थिए, शेरबहादुरजी फर्केपछि टाउकामा चिसो पानी खन्याए,अहिले उनीहरू छक्क परेका छन्,” ओलीले कटाक्ष गरे।
उनको व्यंग्यले सम्मेलन स्थलमा रमाइलो माहोल सिर्जना भएको थियो।