• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

शिक्षकहरू आन्दोलनमा उत्रिएपछि पूर्व प्रधानमन्त्रीहरू सक्रिय रूपमा फर्किए

काठमाडौँ ।  शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका दुई पूर्व प्रधानमन्त्री भाषण नगरी फर्किएशिक्षक आन्दोलनमा समर्थन जनाउन पुगेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल नाराबाजीका बीच भाषण नगरी फर्किएका छन्।

शिक्षकहरूले “राजनीति गर्न पाइँदैन” भन्दै चर्को नाराबाजी गरेपछि दुवै नेताले आफ्नो मन्तव्य नदिई कार्यक्रमस्थलबाट फर्कनु परेको हो। उनीहरू आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै सम्बोधन गर्ने तयारीसहित पुगेका थिए।

तर, केही प्रदर्शनकारी शिक्षकहरूले “यहाँ कुनै नेता आउनुपर्दैन, सक्ने भए संसदमा बोल” भन्दै विरोध जनाएपछि स्थिति असहज बनेको थियो। नाराबाजी तीव्र भएपछि सुरक्षाकर्मीले उनीहरूलाई स्कर्टिङ गर्दै सुरक्षितरूपमा गाडी सम्म पुर्‍याएका थिए। उनीहरू त्यहाँ पुगेकै बेला ‘पञ्चायती ऐन खारेज गर, शिक्षा ऐन जारी गर’ लगायतका नाराहरू पनि घन्किरहेका थिए।