• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

संखुवासभामा चट्याङ लागेर १७ वटा भैंसीको मृत्यु, १० लाखभन्दा बढीको क्षति

काठमाडौं।संखुवासभा जिल्लाको मकालु गाउँपालिका–३ स्थित कालोपातलमा चट्याङ लागेर १७ वटा भैंसी मरेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार वर्षासँगै परेको चट्याङले जंगलमा चराउन लगिएका भैंसी मरेका हुन्। मृत भैंसीहरू मकालु–३ का पुष्पलाल भण्डारी र प्रेमप्रसाद भण्डारीका हुन्।

प्रहरीका अनुसार चट्याङका कारण भएको यस घटनामा १० लाख रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ। घटनाको जानकारीपछि इलाका प्रहरी कार्यालय हेदाङ्नागढीबाट प्रहरी टोली सोमबार घटनास्थलतर्फ पठाइएको छ। घटनास्थल हेदाङ्नागढी प्रहरी कार्यालयबाट करिब ३५ किलोमिटरको पैदल दूरीमा पर्दछ।