काठमाडौ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ५०० रुपैयाँले बढेर १ लाख ८८ हजार ८०० रुपैयाँ पुगेको छ।सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँ थियो।
त्यसैगरी, चाँदीको मूल्य भने स्थिर रहेको छ। मंगलबार पनि चाँदी सोमबारकै दरमा, अर्थात् तोलामा १ हजार ९७० रुपैयाँमै कारोबार भएको महासंघले जनाएको छ।