काठमाडौँ ।नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले आन्दोलनरत शिक्षकहरूको विषयमा सरकार जिम्मेवार रूपमा वार्तामा रहेको बताएका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले सरकार शिक्षकहरूको समस्याप्रति उदार रहेको र समाधानका लागि संवादमै सक्रिय रहेको स्पष्ट पारे। उनका अनुसार, अहिले वार्ता प्रक्रिया जारी छ र आज बेलुकासम्म सहमति भई शिक्षकहरू विद्यालय फर्किने अपेक्षा गरिएको छ।
यसअघि, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले शिक्षक आन्दोलनप्रति सरकार गैरजिम्मेवार रहेको आरोप लगाएका थिए।उनले आन्दोलन र समाधानका प्रस्तावहरू कार्यसूचीमा नसमेटिएको भन्दै संसद् सरकारप्रति प्रश्न उठाएका थिए। तर बर्तौलाले ती आरोपको खण्डन गर्दै भने, “यो विषयमा सरकार अनुदार छैन। शिक्षक विद्यालय फर्किए हामी सबैलाई सहज हुनेछ। सरकार वार्तामार्फत समाधानमा लागिरहेको छ।”