• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

श्वेतपत्र रोकिएपछि उठेका प्रश्नहरूबारे बोले पूर्व कार्यकारी निर्देशक हितेन्द्र

काठमाडौँ ।नेपाल विद्युत प्राधिकरणले आज (मंगलबार) बिहान साढे ११ बजेका लागि तय गरिएको श्वेतपत्र सार्वजनिक कार्यक्रम स्थगन गरेको छ। यसअघि प्राधिकरणले पत्रकारहरूलाई औपचारिक निमन्त्रणा पठाउँदै समय तोकिएको कार्यक्रमका लागि तयार रहन अनुरोध गरेको थियो।

तर, आज बिहानै प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सचिवालयबाट प्राविधिक कारण देखाउँदै कार्यक्रम स्थगन गरिएको सूचना प्राप्त भएको हो।“हिजो अबेरसम्म काम भएको थियो,” उनले भने, “तर सारांश लेख्न नपुगेकाले आज सम्भव भएन। अब सबै तयारी पूरा गरेर भोलि सार्वजनिक गर्नेछौं।”

सूत्रहरूका अनुसार प्राधिकरणको सञ्चालक समितिबाट श्वेतपत्र संशोधन सहित स्वीकृत भइसकेको छ। तर, हाल तयार भएको दस्तावेजमा ऊर्जा मन्त्री दीपक खड्कालाई असहज हुने खालका विषय समेटिएको भन्दै अन्तिम क्षणमा करेक्सनको सुझाव आएको हो।श्वेतपत्रमा पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालमा भएका आर्थिक र प्राविधिक गतिविधिहरूको समेत समिक्षा गरिएको छ। यसैले पनि त्यसको प्रस्तुति संवेदनशील बनेको स्रोतको दाबी छ।