• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

धनकुटाबाट ४२१ किलो गाँजासहित कार बरामद, चालक फरार

काठमाडौं । सशस्त्र प्रहरीले धनकुटाबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।

बुधबार बिहान धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित नमस्ते झरनाबाट धरानतर्फ जाँदै गरेको को २ प १७३४ नम्बरको कारलाई जाँच गर्न खोज्दा उक्त कार प्रहरीलाई छल्दै भागेको थियो।

जाँचका क्रममा फरार कारलाई प्रहरीले केहीबेरमै दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको हो। कारभित्र १२ वटा पोका प्याक गरिएको ४२१ किलो गाँजा भेटिएको सशस्त्र प्रहरीले जनाएको छ।दुर्घटनापछि चालक फरार रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।