काठमाडाैं । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाले आजदेखि तीन दिनको नेपाल भ्रमणमा काठमाडौं आई पुगेका छन् ।
तीन दिनको बसाईमा उनले प्रधानमन्त्री, सत्ता गठबन्धनका प्रमुख नेताहरु, प्रतिपक्षी दलका नेताहरु, मधेशी मोर्चाका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
नेपालका सबै राजनीतिक दलहरुसँग सम्बन्ध अझ प्रगाढ बनाउन उनको भ्रमणको प्रमुख उद्देश्य रहेको जनाइएको छ ।
बुधवार बिहान काठमाडौं आइपुगेका उनी शुक्रवार फर्किने कार्यक्रम रहेको छ ।