• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

माओवादीको ‘जनतासँग जागरण अभियान’ आज सम्पन्न हुँदै, प्रचण्ड कञ्चनपुरमा

काठमाडौं । नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी जागरण अभियान’ आज कञ्चनपुरमा पुगेर सम्पन्न हुँदैछ।

यो अभियान माओवादीले गत फागुन १२ गते झापाको कचनकवल गाउँपालिका, बनियानीबाट सुरु गरेको थियो। हुलाकी राजमार्ग केन्द्रित अभियान विभिन्न चरणमा सञ्चालन हुँदै अन्तिममा कञ्चनपुर पुगेको हो।

अभियानको अन्तिम दिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कञ्चनपुरमै छन्। उनले पुनर्वास नगरपालिका–५ स्थित शोभा ताल पर्यटकीय क्षेत्रको अवलोकन तथा अनुगमन गरेका छन्। सोही अवसरमा उनले शोभा ताल क्षेत्रमै सहिद तथा बेपत्ता परिवारहरूसँग भेटघाट पनि गरेका छन्।