• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

रेशम चौधरीको पक्राउपछि नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिने तयारीमा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) आजै संघीय सरकारबाट बाहिरिने भएको छ।

पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरिएलगत्तै नाउपाले सरकार छोड्ने निर्णय गरेको हो।

संघीय सरकारमा नाउपाको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री रहेका अरुण चौधरीले केहीबेरमा पदबाट राजीनामा दिने र सरकारबाट बाहिरिने तयारी भएको जानकारी दिएका छन्।