• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

शिक्षक आन्दोलन टुंग्याउन आज साँझ मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ७ बजेका लागि बैठक आह्वान गरिएको हो। एक मन्त्रीले नेपाल प्रेसलाई जानकारी दिँदै बैठक शिक्षक आन्दोलनसँग सम्बन्धित विषयमा निर्णय लिन केन्द्रित हुने संकेत गरेका छन्।

शिक्षा मन्त्रालयले केही दिनदेखि नेपाल शिक्षक महासंघसँग वार्ता गर्दै आएको छ। महासंघले आफ्ना केही माग मन्त्रिपरिषद् तथा केही संसदमार्फत टुंग्याउनुपर्ने भएकाले सरकारले प्राथमिकताका आधारमा निर्णय गर्नुपर्ने बताएको छ।महासंघले मन्त्रिपरिषद् तहबाट टुंग्याउन सकिने मागहरूमा सहमति जुटे परीक्षा सञ्चालन लगायतका कार्यहरू सहज हुने स्पष्ट पारेको छ।