• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

रेशम चौधरी रिहाइ प्रकरणमा सर्वोच्चको दोस्रो पत्र

काठमाडौं । सर्वोच्च अदालतले रेशम चौधरीलाई थुनामुक्त गर्न अर्को पत्र पठाएको छ।

सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार, चौधरीको पक्राउका लागि पहिले पठाइएको पत्र आधिकारिक नभएको निष्कर्षसहित नयाँ पत्र जारी गरिएको हो।

अन्तरिम छानबिनपछि सो पूर्व पत्र अमान्य ठहरिएको भन्दै सर्वोच्चले कारागार प्रशासन र नेपाल प्रहरीलाई कार्यान्वयन नगर्न निर्देशन दिएको प्रवक्ता कुइँकेलले जानकारी दिए।