• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ४ हजार ६०० रुपैयाँले घट्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ४ हजार ६०० रुपैयाँले घटेको हो। महासंघले बिहीबार तोलामा छापावाल सुनको मूल्य १ लाख ८३ हजार ५०० रुपैयाँ निर्धारण गरेको छ। बुधबार यो मूल्य १ लाख ८८ हजार १०० रुपैयाँ थियो।

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा १ हजार ९६५ रुपैयाँ रहेको चाँदी बिहीबार ५० रुपैयाँले घटेर तोलामा १ हजार ९१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।