• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

शिक्षक महासंघ र सरकारबीचको सहमतिप्रति विद्यालय कर्मचारी परिषद्को असन्तुष्टि

काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकार र नेपाल शिक्षक महासंघबीच भएको पछिल्लो सहमतिप्रति गम्भीर असन्तुष्टि जनाएको छ। परिषद्ले बिहीबार एक विज्ञप्ति जारी गर्दै शिक्षक महासंघले सरकारसँग गरेको सहमतिमा आफूहरूको सहमति नरहेको स्पष्ट पारेको हो।

राष्ट्रिय समितिद्वारा घोषित दोस्रो चरणको आन्दोलनको २९ औँ दिनमा सरकारसँग सहमति भएपछि शिक्षक महासंघले आन्दोलन फिर्ता लिएको थियो। तर, परिषद्ले उक्त निर्णय आफ्नो संस्थागत धारणा विपरीत भएको भन्दै आलोचना गरेको छ।

परिषद्ले आन्दोलन फिर्ता गर्ने निर्णयमा आफूहरूको सहभागिता नरहेको र उक्त सहमति कर्मचारीको हितविपरीत भएको जनाएको छ। साथै, परिषद्ले आन्दोलनको आगामी कार्यक्रमबारे समीक्षा बैठकपछि थप रणनीति सार्वजनिक गर्ने जनाएको छ।