• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

अदालतबाट सांसद माया राईको हिरासत म्याद पाँच दिन थप

काठमाडौं । कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई थप ५ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिइएको छ।

शुक्रबार काठमाडौं जिल्ला अदालतले राईलाई थप अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो। यसअघि अदालतले उनलाई तीन दिनको म्याद दिएको थियो।

राईलाई गत शनिबार साँझ बुढानीलकण्ठ–१०, कपनबाट प्रहरीले पक्राउ गरेको थियो। उनी प्रतिनिधिसभामा नेपाली कांग्रेसबाट निर्वाचित सांसद हुन्।काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार पूरक अनुसन्धानपछि अनुसन्धान प्रतिवेदन अदालतमा बुझाइनेछ।