
आगामी जेठमा स्कटल्यान्डमा हुने आइसिसी विश्वकप लिग–२ र टी–२० सिरिजको तयारीस्वरूप नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक स्टुअर्ट लले दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २५ खेलाडीको नाम सार्वजनिक गरेका छन्।
पहिलो चरणको ‘कोर क्याम्प’बाट २७ खेलाडी बाहिरिएका छन्, जसमा कुशल मल्ल, सन्दीप जोरा, अभिनास बोहरा, सागर ढकाल लगायत १३ जना पूर्व राष्ट्रिय टोलीका खेलाडीसमेत परेका छन्।
देव खनाल, इशान पाण्डे, कमलसिंह ऐरी, पवन सर्राफ, विनोद भण्डारी, सूर्य तामाङ, हेमन्त धामी, राशिद खान पनि छनोट सूचीबाट बाहिरिएका छन् ।
२५ सदस्यीय टोलीमा यू–१९ का स्पिनर युवराज खत्री, बागमतीका ब्याटर शुभ कंसकार, बलर रुपेश सिंह र ब्याटर किरण ठगुन्नाले पहिलोपटक स्थान बनाएका छन्।
नयाँ अनुहारहरु गत एनपिएल र प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरु हुन् ।
नेपालले वैशाख ३१ देखि जेठ १२ सम्म इंग्ल्यान्डमा स्थानीय क्लब र एमसीसीसँग अभ्यास गर्दै स्कटल्यान्ड प्रस्थान गर्नेछ। स्कटल्यान्ड ‘ए’ सँग दुई अभ्यास खेलपछि नेपालले लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिज (जेठ १९ देखि) र टी–२० सिरिज (असार २ देखि) खेल्नेछ।
नेपालले तयारीका क्रममा कुल ६ अभ्यास खेल खेल्ने तालिका रहेको छ ।
लिग-२ को खेल जेठ १९ देखि हुनेछ भने टी-२० सिरिज असार २ देखि सुरु हुनेछ।
पहिलो चरणको प्रशिक्षणबाट बाहिरिएका खेलाडी
• आकाश त्रिपाठी
• अर्जुन घर्ती
• अर्जुन कुमाल
• अभिनाश बोहरा
• इशान पाण्डे
• कुशल मल्ल
• कमलसिंह ऐरी
• दीपेन्द्र रावत
• दीपेशप्रसाद कँडेल
• देव खनाल
• सागर ढकाल
• सन्तोष यादव
• सुजन थपलिया
• सन्दीप जोरा
• शाकिब हक
• शेर मल्ल
• त्रित राज दास
• नरेन भट्ट
• पवन सर्राफ
• बिबेककुमार यादव
• प्रज्वल थापा
• मयन यादव
• विशाल पटेल
• विनोद भण्डारी
• सूर्य तामाङ
• हेमन्त धामी
• राशिद खान
दोस्रो चरणको बन्द प्रशिक्षणमा परेका खेलाडी
• आकाश चन्द
• अनिलकुमार साह
• अर्जुन साउद
• आसिफ शेख
• गुल्शनकुमार झा
• किरण ठगुन्ना
• करण केसी
• कुशल भुर्तेल
• दिलिप नाथ
• दिपेन्द्रसिंह ऐरी
• लोकेश बम
• नन्दन यादव
• बसीर अहमद
• भीम सार्की
• प्रतिस जीसी
• रिजन ढकाल
• रोहित पौडेल (कप्तान)
• रुपेश सिंह
• ललितनारायण राजवंशी
• शुभ कंसकार
• शहाब आलम
• सन्दीप लामिछाने
• सोमपाल कामी
• युवराज खत्री
• आरिफ शेख