• २०८३ जेठ २२
  • 2026 June 05, Friday

निलम्बन फुकुवापछी आदिलले भने- हजुरहरुको माया र आशिर्वादले फेरी क्रिकेट खेल्नेछु

काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्व क्रिकेटर आदिल अन्सारीलाई क्यानले निलम्बन फुकुवा गरेको छ ।

म्याच फिक्सिङको आरोप लागेका उनलाई अदालतले सफाइ दिएसंगै उनलाई सोमबार क्यानले निलम्बन फुकुवा गरेको हो । त्यसपछी आदिलले खुशी हुँदै फेसबुकमा परिवार, क्रिकेटप्रेमी समर्थक र क्यानलाई धन्यवाद दिएका छन् ।

आदिलले फेसबुकमा स्टाटस लेखेका छन् `हजुरहरुको माया, दुआ र आशिर्वादले फेरी क्रिकेट खेल्नेछु । हजुरहरुको माया, दुआ र आशिर्वाद बनिरहोस ।´