• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सुनको मूल्य तोलामा ५ हजार ३०० रुपैयाँले बढ्यो

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा ठूलो वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ५ हजार ३०० रुपैयाँले बढेको हो ।

यो वृद्धिसँगै मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ९०० रुपैयाँ पुगेको छ, जुन सोमबार तोलामा १ लाख ८४ हजार ६०० रुपैयाँ थियो ।

चाँदीको मूल्य पनि वृद्धि भएको छ । सोमबार तोलामा १ हजार ९१० रुपैयाँ रहेको चाँदी मंगलबार बढेर तोलामा १ हजार ९६५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ ।