• २०८३ असार १३
  • 2026 June 27, Saturday

पूर्वमन्त्री प्रदीप नेपाल गम्भीर बिरामी, आइसीयूमा उपचार जारी

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता प्रदीप नेपालको स्वास्थ्य अवस्था गम्भीर बनेको छ।

उनी हाल थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालको आइसीयूमा उपचाररत छन्। अस्पताल स्रोतका अनुसार उनको अवस्था चिन्ताजनक छ।

नेता नेपाल लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिए र पछिल्ला वर्षहरूमा सक्रिय राजनीतिक जीवनबाट टाढा रहेका थिए।