
काठमाडौं। बुधबार नेपाली बजारमा सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले बढेको छ।
यसअनुसार, छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार ६०० रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिन (मंगलबार) तोलामा १ लाख ८९ हजार ९०० रुपैयाँ थियो।
चाँदीको मूल्य भने स्थिर रहँदै मंगलबारको जस्तै बुधबार पनि तोलामा १ हजार ९६५ रुपैयाँमै कायम रहेको महासंघले जनाएको छ।