
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य रूपमा वृद्धि भएको छ भने चाँदीको मूल्यमा कमी आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बुधबारको तुलनामा तोलामा ६०० रुपैयाँले बढेको हो। बिहीबार सुनको मूल्य तोलामा १ लाख ९२ हजार २०० रुपैयाँ पुगेको छ। बुधबार यो मूल्य तोलामा १ लाख ९१ हजार ६०० रुपैयाँ थियो।
यसैगरी, चाँदीको मूल्यमा भने गिरावट आएको छ। बुधबार तोलामा १ हजार ९६५ रुपैयाँ रहेको चाँदीको मूल्य बिहीबार घटेर १ हजार ९५५ रुपैयाँमा झरेको छ।