
नेपाल राष्ट्रिय क्रिकेट टिमका नयाँ मुख्य प्रशिक्षक स्टुअर्ट ल ले टिमसँगको प्रारम्भिक अनुभव र आगामी योजना सार्वजनिक गरेका छन्। लामो अन्तर्राष्ट्रिय प्रशिक्षण अनुभव बोकेका उनले नेपालको टोलीमा प्रशस्तै प्रतिभा रहेको जनाउँदै खेलाडीहरूको मानसिकता, दबावमा प्रदर्शन गर्ने क्षमता, रणनीति तथा अनुशासन सुधार आवश्यक रहेको बताएका छन् ।
पूर्व अस्ट्रेलियन क्रिकेटर ल ले यो भन्दा अगाडी श्रीलंका,बंगलादेश,वेस्टइन्डिज,बेलायत, यूएसए जस्ता देशका राष्ट्रिय तथा घरेलु टिम प्रशिक्षकको रूपमा काम गरिसकेका छन् ।उनी सन् १९९६ को विश्वकपमा अष्ट्रेलिया उपविजेता हुँदा त्यसको सदस्य थिए ।
हालै उनले नेपाली खेलाडीहरूको क्याम्पमार्फत मूल्याङ्कन गरिरहेको जानकारी दिएका छन् ।
उनका अनुसार नेपाली खेलाडिहरुमा “प्रतिभाको कमी छैन। तरअझैपनि खेलाडिहरुले मानसिक दृढता र खेल चेतनाजस्ता पक्षमा सुधार गर्नुपर्ने देखीन्छ ।
उनका अनुसार टिमको भूमिका निर्धारण, खेल रणनीति निर्माण, तथा दबाबमूलक परिस्थितिमा खेलाडी कसरी प्रतिक्रिया दिन्छन् भन्ने कुरामा विशेष ध्यान दिनुपर्ने छ।
यो लगायत अन्य नेपाली क्रिकेटसंग सम्बन्धित विषयमा नेपाल क्रिकेट संघ क्यानले कुराकानी गरेको छ ।
ल संग गरिएको कुराकानीको पुरा रुपः
स्टुअर्ट ल को नजरमा क्रिकेटको सशक्त पक्ष र सुधार आवश्यक क्षेत्रहरूः
स्पिन बलिङमा नेपाल बलियो देखिएको र त्यो उपमहाद्वीपीय देशहरूको साझा विशेषता रहेको छ ।
ब्याटिङमा निरन्तर प्रदर्शन गर्नुपर्ने चुनौती रहेको हुँदा “दैनिक उत्कृष्ट खेल्न गाह्रो भए पनि प्रयास त्यही हुनुपर्छ” । टेस्ट क्रिकेटको लक्ष्य राख्दा गतिशील (पेस) बलिङमा अझ बलियो बन्नुपर्ने आवश्यकता रहेको छ ।
स्कटल्याण्ड र नेदरल्यान्ड्स विरुद्धको सिरिज तयारी कस्तो छ त ?
स्कटल्याण्ड र नेदरल्यान्ड्स विरुद्धको खेल नेपालका लागि गम्भीर चुनौती हुनेछ। तर तयारी योजनाबद्ध रूपमा अगाडि बढिरहेको छ ।
“हामी बेलायतमा केही समय अभ्यास गर्नेछौं जसले मौसम र पिचको अवस्थासँग अभ्यस्त बनाउँछ। त्यसपछि मात्र स्कटल्याण्ड पुगेर खेल्ने योजना छ।”
समर्थकहरुलाई अपिल
यूएसएमा नेपालले ३–० को सानदार जित हात पारेको बेला देखेको समर्थन सम्झँदै उनले भने:
“नेपाली फ्यानहरू विश्वभर छन्। स्कटल्याण्डमा पनि तपाईंहरूको साथ चाहिएको छ। समर्थनले टिमलाई हौसला दिन्छ र विपक्षीलाई दबाबमा राख्न सक्छ।”
भविष्य योजना र युवाहरूलाई सन्देश
नेपालमा दिगो घरेलु संरचना निर्माणको आवश्यकता छ। “नेपाल प्रिमियर लिग उत्कृष्ट सुरुआत हो, तर टेस्ट क्रिकेटको लक्ष्य भएमा ३–४ दिनको घरेलु प्रतियोगिता संरचना चाहिन्छ ।
युवापुस्तालाई प्रेरणादायक सन्देश
“क्रिकेट केवल खेल होइन, यो जीवनका मूल्यहरू सिकाउने माध्यम हो।अनावश्यक सपना देख्न छाड्नुहोस्, तर प्रयास भने रोकिनु हुँदैन।”
नेपालको आतिथ्यता र भविष्यप्रतिको आशा
घरेलु सिरिजमा सहभागी हुदैँछु । नेपालको “मित्रवत्, आतिथ्यपूर्ण व्यवहार निकै राम्रो छ । टीयू मैदानलाई नेपाली क्रिकेटको घर बनाउन चाहान्छु ।