
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको एन्जिओप्लास्टी सर्जरी गरिएको छ ।
त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानमा रहेको मनमोहन कार्डियो थोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा बिहीबार नेपालको सर्जरी गरिएको सो पार्टीका नेता दामोदर अर्यालले जानकारी दिएका छन् ।
एन्जिओप्लास्टी सर्जरीमा नसाबाट तार पठाएर मुटुको ब्लकेड खोलिन्छ ।